निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ : उपमहासचिव खतिवडा – Nepal Press

निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ : उपमहासचिव खतिवडा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् ।

मङ्गलवार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यका स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै खतिवडाले मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका हुन् ।

उनले नेता खतिवडाले संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने दाबी गरे ।

स्थानीय निर्वाचनबाट धेरै कुरा सिक्दै त्यसको प्रयोग आम निर्वाचनमा गर्ने उनले बताए । उनले स्थानीय तहको घोषणापत्रमा पार्टीले निकै राम्रो काम समावेश गरेको दाबी गरे ।

त्यस्तै समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रमलाई जनतामाझ पुर्‍याउनुपर्ने बताए ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर