नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ) – Nepal Press

नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ)

निःशुल्क पानी, सुखी जिन्दगानी- एक घर एकधारा, सफा सहर हाम्रो अभिभारा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेको नेतृत्वमा भएका असल कामका उपलब्धीहरूमा आफ्नो हक लाग्ने जनाएको छ ।

मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले एमालेको पालामा भएका सबै असल कामहरूको उत्तराधिकारी आफूहरु रहेको र ती जनपक्षीय कामको स्वामित्व माधव नेपाल र झलनाथ खनालमा रहेको जनाएको छ ।

घोषणापत्रमा आफ्नो गाउँ आफैं बनाउँ, नौ स, वृद्ध भत्ताजस्ता सबै नमूना कामहरुको स्वामित्व नेकपा एसले दाबी गरेको छ । सो पार्टीले गणतन्त्र स्थापना, शान्ति स्थापना, अनमिनलाई बिदाई, नेपालमा सुरुङमार्गको सुरूवात,अन्तरजातीय विवाहलाई प्रोत्साहन जस्ता कामलाई घोषणापत्रमा उपलब्धीका रुपमा उल्लेख गरेको छ ।

स्थानीय निर्वाचनका लागि सार्वजनिक भएको घोषणापत्रमा जनताको अधिकार, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क खानेपानीःसुखी जिन्दगाी, ‘एक घर एक धारा’ जस्ता कार्यक्रम अघि सारेको छ । नेकपा एसले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान भन्ने नारासमेत अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर