रामचन्द्र पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? (भिडिओ) – Nepal Press

रामचन्द्र पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? (भिडिओ)

'कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु ?'

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई आफूले के गल्ती गरेँ ? भनी सोधेका छन् ।

नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।

त्यसैको परिणामस्वरूप अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले बताए ।

‘मैले के गल्ती गरेँ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले त मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने ।

पार्टीभित्र हरेक क्षेत्रमा भागबन्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह पनि गरे ।

‘हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबन्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने ।

नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।

अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्‍यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्‍यो । हार स्वीकार्दैनन् कहाँबाट हुन्छ ।’

तस्बिरहरू : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर