आ-आफ्नै अडानले मधेसमा भागबण्डा गर्न गठबन्धनलाई सकस – Nepal Press

आ-आफ्नै अडानले मधेसमा भागबण्डा गर्न गठबन्धनलाई सकस

जनकपुरधाम ।  मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्ता गठबन्धनलाई सकस भएको छ ।  प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक बैठक बसे पनि अझै पालिका बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।

सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेको ३४ वटा पालिकामा भागबन्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबन्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो ।

मधेस प्रदेशमा एक महानगर वीरगन्ज र तीन उपमहानगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी चार स्थानीय तहमा केन्द्रबाटै भागबन्डा लगाइने उल्लेख छ भने बाँकी एक सय ३२ पालिकामा भागबन्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ ।

त्यसै गरी, सोमबार बसेको बैठकमा अन्य पालिकामा वश्यता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो । सोमबार सत्तारुढ गठबन्धन दलहरूको सिट बाँडफाँटमा सहमति नभएपछि अर्को बैठक बुधवार राखिएको छ । बुधवार जनकपुरमा बैठक राखिएको एकीकृत नेकपा समाजवादी पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर