रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण बढायो : जेलेन्स्की – Nepal Press

रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण बढायो : जेलेन्स्की

काठमाडौं । रुसले हाल युक्रेनको पूर्वी क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरिरहेको युक्रेनले दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडिओ सन्देश जारी गर्दै हाल रुसले युक्रेनको डोनबाससँगै युक्रेनका पुर्वी क्षेत्रमा रुसले भिषण आक्रमण सुरु गरेको दाबी गरेका हुन् ।

‘रुसी सेनाले अब डोनाबासको लागि लडाइँ सुरु गरेका छन्’, जेलेन्स्कीले जारी सन्देशमा भनेका छन् । यससँगै अब युद्ध नयाँ चरणमा प्रवेश गरेको जेलेन्स्कीको भनाई छ ।

युक्रेनको किभलाई नियन्त्रणमा लिने प्रयास असफल भएसँगै रुसले डोनबासलाई नियन्त्रणमा लिनका निमित्त हालको आक्रमणलाई केन्द्रित गरेको बताइएको छ । डोनाबास युक्रेनको पूर्वी क्षेत्रमा रहेको शहर हो । जेलेन्स्कीले युक्रेनले रुसी आक्रमणको डेटर सामना गर्ने पनि बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर