सिर्जना सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउन नेविसंघको ध्यानाकर्षण – Nepal Press

सिर्जना सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउन नेविसंघको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन पार्टी नेतृत्वको ध्नानाकर्षण गराएको छ ।

पार्टीको काठमाडौं जिल्ला कार्य समिति र महानगरपालिका कार्य समितिसमक्ष सिर्जना सिंहलाई मेयरको एकल उम्मेदवार सिफारिस गर्न नेविसंघले माग गरेको हो ।

कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठले लिखित ध्यानाकर्षण गराउँदै महानगरपालिकाको मेयर पदका लागि देखिएका उम्मेदवारहरुध्ये सिर्जना सिंह सबैभन्दा उपयुक्त रहेको दावी गरिएको छ ।

यसअघि नेपाल महिला संघले पनि सिर्जनाको पक्षमा विज्ञप्ति जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर