बालकोटमा एमाले सचिवालय बैठक, यी हुन् एजेण्डा (तस्बिरहरु) – Nepal Press

बालकोटमा एमाले सचिवालय बैठक, यी हुन् एजेण्डा (तस्बिरहरु)

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि जारी गर्ने पार्टीको प्रतिबद्धतापत्र र उम्मेदवार छनौट लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा शुरु भएको छ ।

पार्टी अध्यक्ष ओलीको देशब्यापी चुनावी दौडाहा जारी रहेका बेला चुनावको तयारी तथा प्रतिबद्धतापत्रलाई टुंगो लगाउन सचिवालय बैठक बसेको हो । एमालेले उम्मेदवार छनौटलाई पनि तीब्रता दिएको छ ।

सर्वसम्मत नभएका महानगर र उपमहानगरपालिकाका उम्मेदवार छनौटको विधिका बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ । एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

तस्बिरहरु: उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर