प्रचण्ड र माधवले बुढो कांग्रेसलाई लुछिरहेका छन् : राई – Nepal Press

प्रचण्ड र माधवले बुढो कांग्रेसलाई लुछिरहेका छन् : राई

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रचण्ड र माधव रुपी स्यालहरूले बुढो कांग्रेसलाई लुछिरहेको आरोप लगाएका छन् ।

नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बैसाखी नटेकी हिँड्न नसक्ने बुढो कांग्रेसलाई दुई स्यालहरूले लुछिरहेको बताएका हुन् ।

राईले गलिसकेको कांग्रेस पार्टी महासमिति सदस्य आङकाजी शेर्पा एमाले प्रवेश गरेपछि सोलुखुम्बसमा अबका दिनमा उठ्न नसक्ने दाबी गरे । भारतीय कंग्रेस आईको पथमा नेपाली कांग्रेस लागिसकेका भन्दै नेता राईले सही समयमा शेर्पालगायतका साथीहरूले सही निर्णय लिएको बताए ।

उनले आगामी निर्वाचनमा एमाले एक्लै लड्न सक्ने बताए । कांग्रेस थाकिसकेको र गलीसकेको भन्दै नेता राईले प्रचण्ड र माधव कांग्रेसको हात नसमाई हिँड्न नसक्ने अवस्थामा पुगेको बताए ।

‘उनीहरू (सत्ता गठबन्धन) ले गठबन्धनको कागजी बाघ बनाएर हाउगुजी लगाएको भए पनि एमाले त्यो कागजी बाघबाट डराउँदैनु, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर