पछिल्लो लकडाउनपछि सांघाईमा पहिलोपटक कोरोना संक्रमणले ३ जनाको मृत्यु – Nepal Press

पछिल्लो लकडाउनपछि सांघाईमा पहिलोपटक कोरोना संक्रमणले ३ जनाको मृत्यु

काठमाडौं । मार्च महिनाको अन्त्यतिरबाट लकडाउनमा रहेको चीनको व्यापारिक सहर सांघाईमा कोरोना संक्रमणको कारण पहिलोपटक ३ जनाको मृत्‍यु भएको छ ।

सांघाई प्रशासनले जानकारी गराएअनुसार मृत्यु भएका तीनजनाको उमेर ८९ देखि ९१ वर्षको बीचमा थियो। उनीहरुको उपचारको क्रममा अस्पातलमै मृत्‍यु भएको स्थानीय प्रशासनको भनाइ छ ।

पछिल्लो समय सांघाईमा संक्रमण बढ्दै गएको छ भने कूल जनसंख्याको ३८ प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप लगाएको बताइएको छ । सांघाईले हालैमात्र आगामी अप्रिल २० सम्म समुदायमा शून्य कोभिड अभियानको घोषणा गर्दै क्वारेन्टाइन सेन्टर, खोप र परीक्षणलाई थप विस्तार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर