ओली सल्लेरी जाँदै, कांग्रेसबाट सोलु दुधकुण्ड मेयरका दाबेदार एमाले प्रवेश गर्ने – Nepal Press

ओली सल्लेरी जाँदै, कांग्रेसबाट सोलु दुधकुण्ड मेयरका दाबेदार एमाले प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सोलुखुम्बु जाँदैछन् ।

सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलु जान लागेका हुन् ।

त्यहाँ योहो टेलिभिजनका कार्यकारी अध्यक्षसमेत रहेका कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

शेर्पा कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाका मेयरका दाबेदार हुन् ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संगठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर