सल्यानमा गठबन्धन भंग, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने लिखित सहमति – Nepal Press

सल्यानमा गठबन्धन भंग, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने लिखित सहमति

सल्यान । सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेपछि सल्यानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट भागबण्डा नमिलेपछि एक्लाएक्लै लड्नेगर गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।

तीनै दलका जिल्लास्थित नेताहरूले लिखित सहमति गर्दै पालिकास्तरको बाँडफाँटको विषयमा सहमति कायम गर्न कठिनाइ भएकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित निर्वाचनमा जाने निर्णय भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर