उत्तर कोरियाले जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गर्‍याे – Nepal Press

उत्तर कोरियाले जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गर्‍याे

काठमाडौं । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल)दूरीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ।

उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८ः०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। यस बिषयमा जापानको रक्षामन्त्रालयले एक वक्तव्य जारी गर्दै अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।

‘अहिलेसम्म प्राप्त जानकारीलाई मध्यनजर गर्दा उत्तर कोरियाले शनिबारका दिन एउटा अज्ञात प्रक्षेपण गरेको सम्भावना छ। प्रक्षेपणको प्रकार पत्ता लगाउन हामी जानकारी सङ्कलन र विश्लेषण गरिरहेका छौँ’ वक्तव्यमा उल्लेख छ ।

जापानले उक्त क्षेप्यास्त्र जापानको कुनै पनि व्यपारिक स्थानमा भने प्रवेश नगरेकोसमेत जानाकारी गराएको छ । यता उत्तर कोरियाले आइतबार मात्र किम जोनकै उपस्थितीमा दुई ट्याकटिल मिसाइलको सफल परिक्षण गरिएको जनाएको छ । उक्त मिसाइलले उत्तर कोरियाको आणविक हतियारको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उत्तर कोरियाको राष्टि«य सञ्चारमाध्यमको भनाइ छ ।

घटना पश्चात दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर