नेकपा एस नव प्रतिगामी भएको आरोप लगाउँदै केन्द्रीय सदस्य कन्दङ्वासहितले छाडे पार्टी – Nepal Press

नेकपा एस नव प्रतिगामी भएको आरोप लगाउँदै केन्द्रीय सदस्य कन्दङ्वासहितले छाडे पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा र केन्द्रीय सल्लाहकार गोपीचन्द्र गिरीसहित विभिन्न कमिटीका नेता कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल, गीता कँडेलसहित २७५ जनाले पार्टी परित्याग गरेको जनाएका छन् ।

पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको,राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको नव प्रतिगामी राष्ट्रघाती कित्तामा राखेको आरोप उनीहरूले लगाएका छन् ।

अब स्वतन्त्र वामपन्थी नागरिकको रूपमा जीवनयापन गर्ने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर