तेस्रो दिनमा ‘ए मेरो हजुर ४’, ९५ प्रतिशत दर्शक हलमा (तस्बिरहरू) – Nepal Press

तेस्रो दिनमा ‘ए मेरो हजुर ४’, ९५ प्रतिशत दर्शक हलमा (तस्बिरहरू)

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर ४ ले राम्रो व्यापार गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिन ८८ लाखको व्यापार गरेको सो चलचित्रले दोस्रो र तेस्रो दिनमा सन्तोषजनक व्यापार गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिन हाउस फुल रहेकोमा दोस्रो र तेस्रो दिन ९५ प्रतिशत दर्शकहरू चलचित्र हेर्नका लागि हलसम्म पुगेका छन् ।

विहानका सबै सो हरुमा ९५ प्रतिशत दर्शक थिए । दिउँसो भने शतप्रतिशत दर्शकहरु हलसम्म पुगेका छन् ।

आज कलाकारहरू बिहानै देखि उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

हेर्नुहोस् आजका केही तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर