जनकपुर कांग्रेसका नगर सभापति भन्छन्- मेयर उपमेयर कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ – Nepal Press

जनकपुर कांग्रेसका नगर सभापति भन्छन्- मेयर उपमेयर कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ

धनुषा । जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाड्नु पर्ने अडान राखेका छन् ।

मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लड्ने पनि उनले घोषणा गरेका छन् ।

‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली कांग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्वीकार गरेको छ,’ साहले भने, ‘मेयर र उपमेयर नपाए कांग्रेस एक्लै निर्वाचनमा होमिनेछ ।’

उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने कांग्रेसको मञ्जुरी रहनेछ ।

‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनबाट कांग्रेसले विद्रोह गर्नेछ ।’

गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर कांग्रेसको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर