जसपाबाट विजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही पुग्दै – Nepal Press

जसपाबाट विजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही पुग्दै

सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशल किशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले न्युजकारखानासँग भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’

उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रममार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दीपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्याशी राम विश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौँ नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर