देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याइने – Nepal Press

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, महानगर र उपमहानगरका उम्मेदवार टुंग्याइने

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।

बैठक शनिबार पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि आन्तरिक छलफलमा जुटिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर