जाजरकोटमा युवा संघले गठन गर्‍यो ‘यूथ फोर्स हाइकमाण्ड’ – Nepal Press

जाजरकोटमा युवा संघले गठन गर्‍यो ‘यूथ फोर्स हाइकमाण्ड’

सुर्खेत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जाजरकोटले स्थानीय तहलाई लक्षित गर्दै जाजरकोटमा यूथ फोर्स हाइकमाण्ड गठन गरेको छ ।

जिल्लाका हरेक पालिकामा स्थानीय तह लक्षित गरी यूथ फोर्सले हाइकमाण्ड गठन गरेको हो ।

युवा संघ नेपालका केन्द्रीय सचिव राजन थापाका अनुसार विगतका चुनावमा विभिन्न राजनीतिक तथा गैर राजनीतिक दलहरूबाट हुन सक्ने गैर राजनीतिक गतिविधिलाई नियन्त्रण गर्न हाइकमाण्ड गठन गरिएको बताए ।

उनका अनुसार सरोजजंग शाहीलाई ‘यूथ फोर्स हाइकमाण्ड’ जिल्ला प्रमुखको जिम्मेवारी तोकिएको छ भने जगतजंग शाहीलाई उपप्रमुख तोकिएको छ ।

यस्तै, सन्देश सिंह र हेमन्त हमाललाई पनि उपप्रमुखको जिम्मा दिइएको हो ।

शिवालय गाउँपालिकामा ललित बिसी, छेडागाड नपामा गणेश बस्नेत, जुनिचाँदे गाउँपालिकामा पञ्चराज शाही, भेरी नपामा कर्ण विष्ट, नलगाड नपामा रामु विक, वारेकाट गाउँपालिकामा विनोद सिंह र कुशे गाउँपालिकामा विश्वकुमार सिंहलाई प्रमुख तोकिएको हो ।

‘विगतमा केही उच्श्रृंखल तत्त्वले चुनावलाई प्रभावित पार्न साम दाम दण्ड भेद अपनाउने गरेका थिए । जसबाट जनताले त्रसित बन्नु पर्ने अवस्था थियो,’ उनले भने, ‘अब त्यो अवस्थाको अन्त्य युवा संघ र यूथ फोर्स मिलेर गर्छ । जनताको सुरक्षा गर्न हामी अघि बढ्छौँ ।’

कर्णालीका दश जिल्लामा सबैभन्दा पहिलो संघले जाजरकोटमा ‘यूथ फोर्स हाइकमाण्ड’ गठन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *