बागलुङ र पूर्वी रुकुमको सिमानाबाट सेनाले फेला पार्‍यो हतियार – Nepal Press

बागलुङ र पूर्वी रुकुमको सिमानाबाट सेनाले फेला पार्‍यो हतियार

काठमाडौं । नेपाली सेनाले बागलुङ र पूर्वी रुकुमको सिमानामा बोरामा बेरेर लुकाएर राखेको अवस्थामा हतियार फेला पारेको छ ।

ढोर पाटन सिकार आरक्षको सुरक्षार्थ सेनाको देवीबक्स गुल्मबाट ‘अपरेसन महाहण्ट ८’ मा खटिएको टोली र आरक्ष कार्यालयका कर्मचारीहरूको संयुक्त टोलीले २०७८ चैत २९ गते हतियार फेला परेको हो ।

सीमा क्षेत्रको पुथा उत्तरगंगा गाउँपालिका ५ मा रहेको घुस्कुङ खोलको पुलमुनि राखेको अवस्थामा ७.६२ मिमि एएलआर नाल १, सोको म्याग्जिन र ३०३ राईफलको अगाडिको भाग फेला पारेको हो ।

सो हतियार अहिले आरक्ष कार्यालयमा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर