साँढे आठ लाखसहित गोदावरीमा तास खेलिरहेका ११ जना पक्राउ – Nepal Press

साँढे आठ लाखसहित गोदावरीमा तास खेलिरहेका ११ जना पक्राउ

ललितपुर ।  ललितपुरको गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रुपैयाँ र ३ बुक तास सहित बुधवार राति  पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर