कनेक्ट आइपीएसको नयाँ वर्ष अफर, ११ जनालाई माउन्टेन फ्लाइटको कपल टिकेट – Nepal Press

कनेक्ट आइपीएसको नयाँ वर्ष अफर, ११ जनालाई माउन्टेन फ्लाइटको कपल टिकेट

काठमाडौं । नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आइपीएसले नयाँ वर्ष अफर ल्याएको छ । यस अफरअन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिन्क गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा १ सय रुपैयाँ पाउन सक्नेछन् ।

त्यसै गरी ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसको वेसाइड वा यसको मोबाइल एपमार्फत रजिष्टर गरी आफ्नो खाता लिन्क गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफार्इ गराउन सक्दछन् ।

पहिले नै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफरअन्तर्गत १ सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर