लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा – Nepal Press

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग सिटी गोलरहित बराबरीमा रोकिएको थियो । तर पहिलो लेगको १–० को नतिजाको मद्दतमा समग्रमा १–० ले जित निकाल्दै सिटीले सेमिफाइनलमा स्पेनिस ला लिगा लिडर रियाल मड्रिडसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

रियाल भने मंगलबार चेल्सीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

यस्तै, लिभरपुल बेन्फिकासँग क्वार्टरफाइनल दोस्रो लेगमा ३–३ को बराबरी खेले पनि समग्रमा ६–४ को नतिजामा जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो ।

लिभरपुलले सेमिफाइनलमा भियारियालको सामना गर्नेछ । पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३–१ ले हराएको थियो ।

२१औं मिनेटमा इब्राहिमा कोनाटेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि गोन्जालो रामोसले बेन्फिकालाई खेलमा फर्काएका थिए ।

रोबेर्टो फिर्मिनोले ५५ र ६५औं मिनेटमा दुई गोल गरेसँगै लिभरपुलले ३–१ को अग्रता लियो ।

रोमन यारेमचुक ७३औं मिनेट र डार्विन नुनेजले ८२ औं मिनेटमा गरेको गोलमा बेन्फिकाले खेल ३(३ को बराबरीमा ल्याए पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बनेन ।

सेमिफाईनलमा पहिलो लेगका खेलहरू २७–२८ अप्रिलमा हुनेछन् भने दोस्रो लेग मे ४–५ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *