सोलु दुधकुण्डको वडाध्यक्ष र सदस्यमा एमालेका उम्मेदवार बने दुई पत्रकार – Nepal Press

सोलु दुधकुण्डको वडाध्यक्ष र सदस्यमा एमालेका उम्मेदवार बने दुई पत्रकार

सोलुखुम्बु । नेकपा एमालेले सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष र सस्यमा दुई जना स्थापित पत्रकारलाई उम्मेदवार सिफारिस गरेको छ । वडा कमिटीको बुधवारको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।

जिल्ला सदरमुकाम रहेको सो वडाको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मनोज श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।

त्यस्तै बीबीसी नेपाली सेवाकी संवाददाता रहिसकेकी पत्रकार सुजाता तामाङलाई महिला वडा सदस्यमा सिफारिस गरिएको एमालेले जनाएको छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सो वडामा एमालेकै उम्मेदवारले जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर