नयाँ वर्षमा, नयाँ पुस्तक : प्रज्ञामा सुरू भयो प्रदर्शनी – Nepal Press

नयाँ वर्षमा, नयाँ पुस्तक : प्रज्ञामा सुरू भयो प्रदर्शनी

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसर पारेर नेपाल प्रज्ञा- प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरू गरिएको छ ।

प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको कूलपति गङ्गाप्रसाद उप्रेतीले शुभारम्भ गरे । उप्रेतीले पठन संस्कृतिको विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए ।

दुई सातासम्म सञ्चालन हुने पुस्तक प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरू राखिएको छ ।

सार्वजनिक बिदाका दिनमा समेत प्रदर्शनी सञ्चालन हुने साथै पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *