‘साइकल सेभ अस’ भन्ने नाराकासाथ ख्वप कलेजले साइकल यात्रा गर्ने – Nepal Press

‘साइकल सेभ अस’ भन्ने नाराकासाथ ख्वप कलेजले साइकल यात्रा गर्ने

भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।

‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने र त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ ।

यात्रा १२ किलोमिटरको रहने जनाइएको छ । साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *