शीर्ष नेताका हातमा दूतावासको थाल र छिमेक नीतिबारे पूर्वराजाले उठाएको सवाल – Nepal Press
टिप्पणी

शीर्ष नेताका हातमा दूतावासको थाल र छिमेक नीतिबारे पूर्वराजाले उठाएको सवाल

काठमाडौं । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा भारतीय सरकारले बढुवा गरेर विदेश सचिव बनाएपछि स्वदेश फर्कदैछन् । सोहीक्रममा काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा मंगलबार रात्रिभोज आयोजना गरियो । सो रात्रिभोजमा नेपालका शीर्ष नेताहरू लस्कर लागेर गए ।

एउटा राजदूत आफ्नो पदावधि सकिएपछि स्वदेश फिर्ता हुनु सामान्य कूटनीतिक प्रक्रिया हो । तर, यो कुनै ऐतिहासिक महत्वको परिघटना झैं गरेर नेपालका प्रधानमन्त्री, मन्त्रीहरू र प्रतिपक्षी दलका नेताहरूसमेतको लावालस्कर दूतावासमा थाल थाप्न उभियो । राष्ट्रकै स्वाभिमान गिराउने लाजमर्दो दृष्य थियो यो, जसको सामाजिक सञ्जालमा तीब्र आलोचना भइरहेको छ ।

भलै क्वात्रा राजदूतका रूपमा नभएर विदेश सचिवमा बढुवा भएर गएको र भारतीय विदेश सचिवको नेपाल नीतिमा महत्वपूर्ण भूमिका हुने भएकाले उनलाई महत्व दिइएको प्रतिरक्षा पनि भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङदेखि लिएर सरकारका मन्त्री, पूर्वमन्त्री, राजनीतिक दलहरूका प्रभावशाली नेताहरूको ताती लागेको थियो ।

गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानूनमन्त्री गोविन्द बन्दी, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत भोजमा देखिएका थिए । यस्तै, माओवादी केन्द्रका नेता वर्षमान पुन, नेपाली कांग्रेसका नेता शेखर कोइराला, विमलेन्द्र निधि, एमालेका अर्का उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र विष्णु पौडेलका साथै विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङदेखि लिएर सरकारका मन्त्री, पूर्वमन्त्री, राजनीतिक दलहरूका प्रभावशाली नेताहरूको ताती लागेको थियो ।

नेपालका नेताहरू आफ्नो पदीय हैसियत र कूटनीतिक मर्यादा बिर्सेर भारतीय नेताहरुसामू लम्पसार परेका दृष्य एकपटक होइन बारम्बार देखिएका छन् । तर, बाहिर चर्को राष्ट्रवादी भाषण गर्नेहरु, भारतको विरोध गरेर नथाक्नेहरु राति-राति दूतावास धाउने ओपन सेक्रेट नै हो । भारतीय दूतावासले दिने छात्रवृत्तिको लोभमा देशको स्वाभिमान बेच्ने नेताहरू हामीकहाँ प्रशस्तै छन् । यही सिलसिलाको एउटा उत्कर्ष देखिएको हो हिजो दूतावासमा ।

परराष्ट्र मन्त्रालयबाट एउटा प्रतिनिधि पठाए हुने कार्यक्रममा सत्तादेखि प्रतिपक्षका नेताहरूले लाम लागेर जानु आफैंमा राष्ट्रिय लज्जाको विषय हो । यसको जति भर्त्सना गर्दा पनि कम हुन्छ । के नेपालका राजदूत भारतबाट बिदाई हुँदा दूतावासमा भारतीय प्रधानमन्त्री र मन्त्रीहरू यसैगरी लाम लागेर आउलान् ? त्यस्तो कल्पना पनि गर्न सकिन्न ।

नेपालका राजदूतले त भारतका प्रधानमन्त्रीलाई हम्मेसी भेट्नसमेत पाउँदैनन् । भर्खरै नेपालका प्रधानमन्त्री भारत जाँदा स्वागत गर्न राज्यमन्त्रीलार्ई पठाइयो । जबकि नेपालमा भारतका मन्त्री आउँदा उनीभन्दा माथ्लो दर्जाका उपप्रधानमन्त्रीले स्वागत गरेका उदाहरण छन् ।

नेपालका पार्टीहरू एकले अर्कालाई लम्पसारवादीको आरोप लगाउने गर्छन् । सामान्यतया प्रतिपक्षमा हुनेले सत्तामा हुनेलाई यस्तो आरोप लगाउने प्रवृत्ति छ । तर, ऐन मौकामा भने सत्ताधारी हुन् वा प्रतिपक्षी सबैले आफूलाई लम्पसारवादी प्रमाणित गर्न चुक्दैनन् । दूतावासको दृष्य यसैको प्रमाण हो । घर फर्केर सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर हेर्दा उनीहरू स्वयमले के महसुस गरे, जनताले चाहिँ चरम लज्जाबोध गरेका छन् । देशको स्वाभिमान फेरि एकपटक झुकेको छ ।

परराष्ट्र मन्त्रालयबाट एउटा प्रतिनिधि पठाए हुने कार्यक्रममा सत्तादेखि प्रतिपक्षका नेताहरूले लाम लागेर जानु आफैंमा राष्ट्रिय लज्जाको विषय हो । यसको जति भर्त्सना गर्दा पनि कम हुन्छ । के नेपालका राजदूत भारतबाट बिदाई हुँदा दूतावासमा भारतीय प्रधानमन्त्री र मन्त्रीहरू यसैगरी लाम लागेर आउलान् ? त्यस्तो कल्पना पनि गर्न सकिन्न ।

केही दिनअघि मात्रै नेपालका एक बहालवाला मन्त्रीले भारतीय चलचित्रका हिरो सलमान खानसँग भिडिओ संवाद गरेको हामीले देख्यौं । उक्त संवादमा मन्त्रीको प्रस्तुति यस्तो थियो, मानौं सलमान खानसँग कुरा गर्न पाउनु उनको जीवनै एक सार्थक र उपलब्धीपूर्ण परिघटना थियो ।

केही वर्षअघि नेपालका चर्चित मधेसी नेताहरू बिहारका नेता लालुप्रसाद यादवको पटांगिनीमा भिखारी शैलीमा उभिएको पनि हाम्रै आँखाले देख्नुपर्‍यो । भारतबाट प्रधानमन्त्री आउँदा नेपालका प्रधानमन्त्रीसहित सिंगै मन्त्रीमण्डल विमानस्थलमा स्वागत गर्न पुग्दा पनि हामीले टुलुटुली हेरिरह्यौं । यस्ता बिझाउने दृष्यहरु कति छन् कति ।

पूर्वराजाको प्रश्न

मंगलबार साँझ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बीचमै छाडेर देउवा, प्रचण्ड र माधव नेपाल क्वात्रालाई भेट्न पुगेका थिए । धेरैले प्रधानमन्त्री दूतावास गएको हल्लालाई सुरूमा पत्याएनन् । तर, भोजमै रहेकाहरूले प्रधानमन्त्री गठबन्धनका नेताहरूसहित आएको बताएपछि मात्र समाचार बन्यो र तस्बिर बाहिर आए ।

पछिल्लो समय कम्फरटेबल सरकारको कुरा चलिरहेकै हो । सत्ता गठबन्धनकै नेताहरूले यो सरकार बन्दा छिमेकीलाई पनि कम्फरटेबल हुने बताएका थिए । घटनाक्रहरू जसरी अघि बढेपनि छिमेकी चीनले नेपाल सरकारका पछिल्ला उपेक्षापूर्ण र एकतर्फी व्यवहारप्रति मौन आपत्ति जनाइसकेको छ ।

केही दिनअघि मात्रै नेपालका एक बहालवाला मन्त्रीले भारतीय चलचित्रका हिरो सलमान खानसँग भिडिओ संवाद गरेको हामीले देख्यौं । उक्त संवादमा मन्त्रीको प्रस्तुति यस्तो थियो, मानौं सलमान खानसँग कुरा गर्न पाउनु उनको जीवनै एक सार्थक र उपलब्धीपूर्ण परिघटना थियो ।

चिनियाहरूले नेपालका विभिन्न बौद्धिक व्यक्ति र नेताहरूसँग नेपालको चीनप्रतिको नीति फेरिन लागेको हो ? भनेर प्रश्न गरिरहेका छन् । पछिल्लोपटक बूढीगण्डकी चीनिया कम्पनीबाट खोस्ने र एमसीसी पारित गर्ने जस्ता निर्णयबाट चीनले यी प्रश्न मुखर गरेको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्षको शुभकामना सन्देशमा केही संकेत आएको छ ।

उनको वक्तव्यमा जुन भाव प्रकट भएको, सायद उनले यीनै दृष्यहरुबाट अपाच्य भएर हाम्रो छिमेक नीतिप्रति प्रश्न उठाएको हुनसक्छ । पूर्वराजाले के नेपाल कसैप्रति नजिकिएर अर्कोलाई दूरभाव राख्ने ठाउँमा पुगेको हो ? भन्ने प्रश्न गरेका छन् । पूर्वराजाको यो प्रश्नलाई गद्दीच्यूत र संगठनबिनाको पूर्वराष्ट्र प्रमुखको सामान्य अभिव्यक्तिमात्र मान्न सकिन्न । कहिँ न कहिँ हाम्रो छिमेक नीति असन्तुलन भइरहेको छ ।

के भन्छन् विज्ञ ?

कूटनीतिक मामलाका जानकारहरू समेत हिजोको घटनामा नेताहरू बढी ‘अपाच्य’ भएको बताउँछन् ।

पूर्वराजदूत टंक कार्कीले जनताको अभिमतभन्दा विदेशीको हमदर्दी ठूलो मान्ने नेताहरूको प्रवृत्तिगत समस्याले यस्तो हुने गरेको बताए ।

‘विदेशमा हामी राजदूत भएर काम गर्दा त्यहाँका प्रधानमन्त्री, राष्ट्रपति त कहाँ हो कहाँ विदेशमन्त्रीसम्म भेट्न मुस्किल हुन्छ,’ उनले भने, ‘डाइरेक्टरहरूसँग समन्वय गरेर काम गर्नुपर्छ । तर, हामीकहाँ कुममा कुम जोड्न पाउँछन् ।’

कूटनीतिक मामिलामा नेपाली नेताहरू निकै उदार देखिनु दुर्भाग्य रहेको उनले बताए ।

कार्कीले भने, ‘हामीकहाँ धेरै उदार कूटनीति भयो । विदेशी राजदूतका लागि झ्यालढोका सबै खुला । चप्पल लगाएर आए नि हुने ।’

चिनियाहरूले नेपालका विभिन्न बौद्धिक व्यक्ति र नेताहरूसँग नेपालको चीनप्रतिको नीति फेरिन लागेको हो ? भनेर प्रश्न गरिरहेका छन् । पछिल्लोपटक बूढीगण्डकी चीनिया कम्पनीबाट खोस्ने र एमसीसी पारित गर्ने जस्ता निर्णयबाट चीनले यी प्रश्न मुखर गरेको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्षको शुभकामना सन्देशमा केही संकेत आएको छ ।

यसो भन्दा विदेशी पाहुनाको अपमान नहुने उनले बताए ।

‘सम्मान गर्ने कूटनीतिका अरू तमाम माध्यम हुन्छन् । राज्यका प्रमुख निकायमा बसेकाले सोहीअनुसार व्यवहार देखाउनुपर्छ,’ उनले भने ।

पूर्वराजदूत भेषबहादुर थापा समाजले दिएको मर्यादाअनुकूल व्यवहार सबैले पालन गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘समाजले दिएको मर्यादा सबैले पालन गर्नुपर्छ । तर, त्यो व्यवहार नगर्नेलाई के भन्ने ?’ उनले यो विषयलाई धेरै उछाल्नुभन्दा सुधार गर्दै लैजानुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर