गृहमन्त्री खाण र जनमत पार्टीका महासचिव सिंहबीच भेटवार्ता – Nepal Press

गृहमन्त्री खाण र जनमत पार्टीका महासचिव सिंहबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा २०७५ साल फागुन २४ गते नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे । स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाणले बताए ।

त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको छ ।

गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर