इनरुवा पुगेर ओलीले भने- एमाले पहाडियाको होइन, मधेसीको पार्टी हो (भिडिओ) – Nepal Press

इनरुवा पुगेर ओलीले भने- एमाले पहाडियाको होइन, मधेसीको पार्टी हो (भिडिओ)

इनरुवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेसीको पार्टी भएको बताएका छन् ।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले प्रवेशको लहर मधेसमा चलेको उल्लेख गर्दै एमाले मधेसीको पार्टी भएको बताए ।

उनले भने, ‘एमाले पहाडियाको पार्टी होइन । एमाले मधेसीको पार्टी हो।’

उनले एमाले विरोधी पार्टी भएको भन्नेहरूलाई गलत साबित गर्न एमाले प्रवेशको लहरले उत्तर दिएको बताए ।

एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए ।

सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए ।

११ लाख सुकुम्वासीलाई धन पुर्जा दिने एमाले तयारी हुँदा गठबन्धनको सरकार बनेर असम्भव भएको ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर