ओलखढुंगा दुर्घटनामा मृत्यु भएका प्रहरीको सनाखत – Nepal Press

ओलखढुंगा दुर्घटनामा मृत्यु भएका प्रहरीको सनाखत

विराटनगर । ओलखढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । ओखलढुंगाको हर्कपुरमा आज बिहान विराटनगर आउँदै गरेको बोलेरो दुर्घटना हुँदा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्कीको मृत्यु भएको ओखलढुंगाका प्रहरी नायव उपरीक्षक शुकदेव खनालले बताए ।

हतियार मर्मतका लागि विराटनगर आउँदै गरेको बा.१७ च १०९४ नम्बरको बोलेरो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *