पुष्परामलाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय – Nepal Press

पुष्परामलाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये‍बाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

केसी आगामी वैशाख १८ सम्म सशस्त्रको आईजीपी हुनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर