क्रिकेटर सेन वार्नको स्मृतीमा लुम्बिनीमा दीप प्रज्वलन – Nepal Press

क्रिकेटर सेन वार्नको स्मृतीमा लुम्बिनीमा दीप प्रज्वलन

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर सेन वार्नको मृत्युको शोकमा लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ ।

नेपालका लागि अष्ट्रेलियन राजदूत ही फेलिसिटी भोल्कले मंगलबार वार्नको सम्झनामा दिप प्रज्वलन गरिन् ।

भैरहवाको सिद्दार्थ रंगाशालामा जारि सेन वार्न स्मृती प्रो क्लब च्याम्पियनसिपमा क्रिकेट प्रतियोगिता हेर्न पुगेकी भोल्क लुम्बिनी पुगेकी थिइन् ।

वार्नको ४,मार्च २०२२ मा ५२ वर्षको उमेरमा हृदयघातका कारण निदन भएको थियो ।

वार्नले टेस्ट क्रिकेटमा एक सय ४५ खेल खेल्दै ७ सय ८ विकेट लिएका थिए । उनले टेस्ट क्रिकेटमा एकै पटकमा ४८ पटक कम्तिमा ४ विकेट र ३७ पटक कम्तिमा पाँच विकेट लिएका थिए ।

यसैगरी टेस्ट क्रिकेटको एकै खेलमा १० पटक कम्तिमा १० विकेट लिएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ९४ खेल खेल्दै २ सय ९३ विकेट लिएका थिए। यसमा पनि एकै खेलमा १२ पटक कम्तिमा ४ विकेट र एकपटक कम्तिमा ५ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर