चेल्सीलाई हराउँदै रियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा – Nepal Press

चेल्सीलाई हराउँदै रियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन चेल्सीलाई समग्रमा ५–४ गोलको नतिजमा पराजित गर्दै स्पेनिस लिग लिडर रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा ३–१ को नतिजमा जित निकालेको रियाल घरेलु मैदानमा भएको खेलमा ३–२ ले पछि परे पनि समग्रमा ५–४ ले जित निकाल्दै सेमिफाइनल पुग्यो ।

मंगलबार राति भएको खेलमा खेलको ७५औं मिनेटसम्म तीन गोलको अग्रता बनाइ सकेको थियो। मासन माउन्टले १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । एन्टोनियो रुडिगरले ५१औं मिनेटमा अग्रता दोब्बर पारे । यस्तै, टिमो वेर्नरले ७५औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे ।

तर, ८०औं मिनेटमा रियालका रोड्रिगोले गोल गर्दै खेललाई ३–१को स्थितिमा ल्याए । यससँगै खेल ४–४ को बराबरी भएको थियो ।

खेलको इन्जिुरी समयमा कारिम बेन्जेमा गोल गर्दै रियालको जित सुनिश्चित गरे ।

पहिलो लेगमा चेल्सीलाई हराउन बेन्जेमाले ह्याट्रिक गरेका थिए । जारी सिजन च्याम्पियन्स लिगमा बेन्जेमाले दुई ह्याट्रिकसहित १२ गोल गरिसकेका छन् ।

रियालले फाइनल प्रवेशका लागि म्यान्चेस्टर सिटी र एटलेटीको मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो लेगमा सिटीले एटलेटिकोलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । सिटी र एट्लेटिकोबीचको खेल बुधबार राति हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *