नेकपा एसमा कायम रहेका स्थानीय जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय – Nepal Press

नेकपा एसमा कायम रहेका स्थानीय जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेकपा एसमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो निर्णयसँगै उदाहरणका लागि रामेछापको मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत एमाले छाडेर नेकपा एसमा लागेकाले आउने चुनावमा मेयरको टिकट गठबन्धनबाट उनैले पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर