गठबन्धन बैठक- वैशाख ४ भित्र तालमेल र दलीय शक्तिको रिपोर्ट पेश गर्न स्थानीय तहलाई निर्देशन – Nepal Press

गठबन्धन बैठक- वैशाख ४ भित्र तालमेल र दलीय शक्तिको रिपोर्ट पेश गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख ४ गतेभित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनका शीर्ष नेताको बैठकले वैशाख ४ भित्र गठबन्धन र उम्मेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिने कुरामा सहमति जनाएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।

बैठकमा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट वैशाख ४ सम्म लिएर तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने र सम्बन्धित दलले उम्मेदवार तय गर्नेबारे छलफल भएको सिटौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर