भरतपुरका मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे न्यायाधीशले दिए यस्तो प्रष्टीकरण – Nepal Press

भरतपुरका मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे न्यायाधीशले दिए यस्तो प्रष्टीकरण

रावल भन्छन्–निर्वाचनको निष्पक्षतामा असर पर्ने गरी कुनै टीकाटिप्पणी नगरिदिनु

काठमाडौं । भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतबाट हटाइएका चितवन जिल्ला न्यायाधीश हेमन्त रावलले आफ्नै आग्रहमा प्रकाश अधिकारीलाई जिम्मा दिइएको प्रस्ट पारेका छन् ।

चुनावका बेला सधैँ विवाद र चर्चामा रहने भरतपुरमा मुख्य निर्वाचन अधिकृत हेरफेरको विषयमा अनेक संशय उत्पन्न भएपछि रावलले आफू बिरामी परेका कारण आफूले आग्रह गरेरै आयोगले निर्णय लिएको बताएका छन् ।

रावलले आफूलाई चैत २६ गतेदेखि नै रिंगटा लाग्ने र बमन हुने समस्याले गर्दा आराम गरिरहेको भन्दै थप केही दिन आराम गर्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम मुख्य निर्वाचन अधिकृत न्यायपरिषदले पहिले नै सिफारिस गरेको रोष्टरबाट हेरफेर भएको बताएका छन् ।

रावलले भनेका छन्– मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितिलाई केही सञ्चार माध्यमहरूमा अन्यथा अर्थ हुने गरी समाचार सम्प्रेषण भएको देखिदा अवस्था समाचारमा उल्लेख भए जस्तो नभएको ब्यहोरा स्पष्ट गर्दै निर्वाचनको निष्पक्षतामा असर पर्ने गरी निर्वाचन आयोग र अन्य कुनै राजनीतिक दल प्रति कुनै किसिमको अन्यथा टीकाटिप्पणी नगरी दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर