सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश – Nepal Press

सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् ।

धमला सहित एमाले प्रवेश गर्नेहरूलाई एमाले पाेलीट ब्युराे सदस्य बालकृष्ण ढुंगेल, संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत गरेका थिए ।

धमला २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेर एमालेका उम्मेदवार सँग पराजित भएका थिए ।

माओवादी केन्द्र सुनकोसीका प्रभावशाली नेताका रूपमा रहेका धमला सहित सुनकोसीमा माओवादी केन्द्रका ४७ जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको दबी गरिहेका उनी एमाले प्रवेश गरेसँगै माओवादी केन्द्र सुनकोसीलाई ठूलो धक्का लागेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर