राष्ट्र बैंक भन्छ- मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा तेब्बर, अर्थतन्त्रका सूचकहरू नकारात्मक (सूचीसहित) – Nepal Press

राष्ट्र बैंक भन्छ- मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा तेब्बर, अर्थतन्त्रका सूचकहरू नकारात्मक (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले गठबन्धन सरकार बनेपछिको ८ महिनाको आर्थिक स्थितिको पछिल्लो विवरण सार्वजनिक गर्दै अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक देखाएको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिती ७ दशमलब १४ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको यसै समयमा यस्तो मुद्रास्फिती ३ दशमबल ३ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थको मूल्यमा ७ दशमलब ५१ प्रतिशत र अन्यमा ६ दशमबल ८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो फागुन महिनाको तुलनामा यस वर्षको सोही समयमा घिउ, तेल, तरकारी, दूधजन्य उत्पदन, अण्डा, दाल तथा गेडागुडीलगायत उपभोग्य वस्तुमा करिब २७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

त्यस्तै यातायत, वस्तु सेवा तथा शिक्षा लगायतका क्षेत्रमा १७ प्रतिशतसम्म मुल्यवृद्धि भएको छ । समग्र क्षेत्रको हिसाब गर्दा अघिल्लो वर्षको तुलनामा तेब्बरसम्म मूल्यवृद्धि भएको छ ।

राष्ट्र बैंकले आयात ३८ दशमबल ६ र निर्यात ८२ दशमलब ९ प्रतिशतले बढाएको जनाएको छ । हाल शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोडले घाटामा रहेको र रेमिट्यान्स पनि ३ प्रतिशतले घटेको देखाएको छ ।

हाल कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलरमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर