पशुपति शर्माको कटाक्ष- लाज पचेकाहरूले हो गठबन्धन गर्ने, कार्यकर्ता र जनता कति भेडा हुन्छौ ? – Nepal Press

पशुपति शर्माको कटाक्ष- लाज पचेकाहरूले हो गठबन्धन गर्ने, कार्यकर्ता र जनता कति भेडा हुन्छौ ?

काठमाडौं । ‘लुट्न सके लुट कान्छा’ बोलको गीत निकाल्दा तत्कालीन नेकपाको संस्थापन पक्षको तारो बनेका गायक पशुपति शर्माले स्थानीय चुनावमा हुन लागेको सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’ भनेका छन् ।

शर्माले फेसबुक स्टाटसमार्फत आफूमा विश्वास नभएकाहरूले जनताको विश्वास कसरी जित्छौ ? भन्दै कटाक्ष गरेका छन् । उनले कार्यकर्ता र जनतालाई भेडा नबन्न सुझावसमेत दिएका छन् ।

शर्माले भनेका छन्, ‘लाज पचेकाहरूले हो गठबन्धन गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावी घोषणापत्र आफ्ना-आफ्ना छन्, के हो यो गठबन्धन ? आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौ ? कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर