टावरमा बिग्रँदा तीनजिल्लामा सञ्चार सेवा अवरुद्ध – Nepal Press

टावरमा बिग्रँदा तीनजिल्लामा सञ्चार सेवा अवरुद्ध

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागमा सञ्चार सेवा अवरुद्ध भएको हो ।

सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । कतिपय आपत्कालीन कामका लागि फोन गर्नु पर्ने भयो भजे घण्टौँ हिँड्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

यसैगरी जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालनमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बिच–बिचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर