गभर्नरको निलम्बन कानूनसम्मत, एक महिना पर्खौँ : अर्थमन्त्री – Nepal Press

गभर्नरको निलम्बन कानूनसम्मत, एक महिना पर्खौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बन कानूनसम्मत भएको बताएका छन् । गभर्नरमाथि छानबिन गर्न कानूनबमोजिम कमिटी बनाएको भन्दै उनले एक महिनाभित्र सबै कुरा आउने बताए ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्मामा निलम्बित गभर्नर अधिकारीप्रति विभिन्न असन्तुष्टि व्यक्त गरेका थिए । उनले अनुत्पादक क्षेत्रको कर्जा प्रवाह राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेको आरोप लगाए । यसले आयात वृद्धि भएको तर उत्पादन नबढेको उनको भनाइ छ ।

शर्माले भने, ‘यति ठूलो कर्जा प्रवाह भएपछि केही न केही देशका लागि योगदान गर्नुपर्थ्यो । तर, ऋण र उत्पादन क्षेत्रको तालमेल मिलेको देखिएन ।’

आफूले बारम्बार यत्रो पसा कहाँ लगानी भएको छ भनेर चासो र चिन्ता प्रकट गरेको उनले बताए ।

‘कहाँ–कहाँ लगानी हुन्छ भनेर खोज्ने प्रयास गर्दा जवाफ पाएनौँ । मैले सुरुदेखि यसलाई कसरी कन्ट्रोल गर्ने भनएर सल्लाहकारको हिसाबले राष्ट्र बैंकसँग कुरा गर्दै आएको हो,’ शर्माले भने ।

आफूले अनावश्यक हस्तक्षेप गरेको नभई नेतृत्वदायी भूमिका निभाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर