अर्थमन्त्रालय भन्छ – विदेशी मुद्रा सञ्चितीले ६ महिनाको आयात धान्छ – Nepal Press

अर्थमन्त्रालय भन्छ – विदेशी मुद्रा सञ्चितीले ६ महिनाको आयात धान्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिती ६ महिनालाई पुग्ने रहेको बताएका छन् ।

मुलुकको अर्थतन्त्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले रुस युक्रेन युद्धका कारण मूल्यवृद्धि नियन्त्रण गर्ने चुनौती बढेको बताए ।

शर्माले विदेशी विनिमय सन्चितिलाई बढावा दिनेगरी नीतिगत कदम चालिएको बताए ।

अर्थ मन्त्री शर्माले दिएको जानकारी अनुसार वस्तु आयातमा भएको उच्च बृद्धिका कारण व्यापार घाटा अत्यधिक भएको बताए ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा अहिले ४ प्रतिशतमा सीमित हुने अवस्था रहेको बताए ।

उनले राजश्व परिचालन भने अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको बताए ।

शर्माले मुद्रा स्फितीदर ५ दशमलव ४ प्रतिशत रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर