गठबन्धनलाई ओलीको कटाक्ष : पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन् – Nepal Press

गठबन्धनलाई ओलीको कटाक्ष : पाँच वटा बाख्रा एक ठाउँमा बस्दैमा भैँसीजत्रो हुँदैनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरेका छन् ।

आफूलाई जोगाउन चाहने अरू दलका नेता कार्यकर्ताले स्थानीय तहमा खुसुक्क एमालेमा मिल्न उनले सुझाव दिए ।

बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै ओलीले भने, ‘के हो यो पाँच दलीय गठबन्धन भन्या , पाँच वटा बाख्रा एक ठाउँमा बस्यो भने पनि भैँसीजस्तो हुँदैनन् ।’

उनले एमाले अहिले एक कदम पछि हट्दैमा उत्साहित नहुन विपक्षीहरूलाई सुझाव दिए । एमालेसँग सिङ जुधाउन खोज्नेहरूको सिङ नै भाँचिने उनको चेतावनी छ ।

‘अब कुनै पार्टीलाई स्थानीय तहमा एक दुई वटा पद फुत्काउन मत छ भने खुसुक्क एमालेमा मिल्दा हुन्छ,’ ओलीले भने ।

उनले अगाडि थपे, ‘प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको हालत अब के हुन्छ ? पार्टी रहँदैन, केन्द्र मात्रै बाँकी हुन्छ । भाँडाभित्र केही रहँदैन, केन्द्र मात्रै । माकुनेले बनाएको पार्टी भन्ने गुट छ नि । त्यो झन् के होला ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर