विप्लव नेकपालाई निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोगसँग सत्तारुढ दलका नेताको माग – Nepal Press

विप्लव नेकपालाई निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोगसँग सत्तारुढ दलका नेताको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले पार्टीले गरेको निर्णय विपरीत निर्वाचनमा जानका लागि कसरत गरिरहेका बेला स्थानीय तह निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोगले भूमिका खेल्नुपर्ने सत्तारुढ दलका नेताले माग गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले काठमाडौमा गरेको एक कार्यक्रममा सहभागी नेताले बोल्ने क्रममा विप्लव नेतृत्वको नेकपाका नेता निर्वाचनमा सहभागी हुन पाउँ भनेर आयोगमा पुग्दासमेत आयोगका पदाधिकारीले सकरात्मक भूमिका निर्वाह नगरेको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले असन्तुष्टि जनाएका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निर्वाचन आयोगको आलोचना गर्दै आयोगसँग यस्तो माग गरेका हुन् । आयोगले सोमबार आयोजना गरेको ‘निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका नेता पोखरेलले निर्वाचनमा आउन पाउँ भन्ने दलका लागि आयोगले ढोका बन्द गरेको आरोप लगाए ।

निर्वाचन आयोगमा पुगेर नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्वाचनमा सहभागी हुन खोजेको तर निर्वाचन आयोगले अहिले समय नभएको भन्ने जवाफ दिएको उनले बताए । उनले प्रश्न गर्दै भने, ‘निर्वाचनमा सहभागी हुन आउँछौँ भन्नेलाई तँ नआइज भन्ने निर्वाचन आयोगले रु यसरी ढोका बन्द पाइन्छ र रु’ केही दिन अघि मात्र विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता प्रकाण्ड पार्टीलाई निर्वाचनमा सहभागी गराउनका लागि निर्वाचन आयोग पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर