पाकिस्तानका सडकमा गुन्जिँदै ‘चौकीदार चोर हो ’ को नारा, कसलाई गर्दै छ इशारा ? – Nepal Press

पाकिस्तानका सडकमा गुन्जिँदै ‘चौकीदार चोर हो ’ को नारा, कसलाई गर्दै छ इशारा ?

काठमाडौं । इमरान खानको सरकार ढलेसँगै पाकिस्तानका सडकहरूमा ‘चौकीदार चोर हे’ अर्थात् ‘चौकीदार चोर हो’ को नारा व्यापक बनेको छ ।

इमरान खानका समर्थकहरूले सामाजिक सञ्जाल तथा सडक प्रदर्शनमा यो नाराको व्यापक प्रयोग गरिरहेका छन् ।

यो नारा सन् २०१९ को लोक सभा निर्वाचन अघि भारतीय कांग्रेसहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध प्रयोग गरेका थिए । अहिले सोही नारा इमरानका समर्थकहरूले पाकिस्तान आर्मी चिफ कमर जावेद बाज्वालाई लक्षित गर्दै लगाइरहेका छन् ।

पाकिस्तानमा इमरान खानको सरकार ढल्नुको पछाडि पाकिस्तान आर्मीको मुख्य भूमिका रहेको बताइँदै आइएको छ ।

हाल पाकिस्तानमा ह्यास्ट्याग सरेण्डर बाजवा पनि सामाजिक सञ्जालमा ट्रेन्ड गरिरहेको छ ।

पाकिस्तानमा यस किसिमका नाराहरू व्यापक बने पछि इमरान खानका पूर्व सल्लाहकार तथा पाकिस्तान तेहेरिखे इन्साफका नेता शेहेनाज गिलले आफ्ना समर्थकहरूलाई पाकिस्तान आर्मीको विरुद्ध नारा नलगाउन अपिल गरेका छन् ।

गिलले एक ट्विटमार्फत आफ्ना समर्थकहरूलाई पाकिस्तानका कुनै पनि भौतिक संरचनामा क्षति नपुर्‍याउन र आर्मीहरूको विरुद्ध पनि नारा नलगाउन अपिल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर