देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु – Nepal Press

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । महोत्तरी, बारा, प्युठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र।२–०२–००१ त ००६४ नम्बरको ट्र्याक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् ।

बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।

प्युठानको प्युठान नगरपालिका–४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने १५ महिने बालक युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।

रुकुम (पश्चिम) को आठबिकोट नगरपालिका–४ तिलमा भे.२ त ५४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने ३९ वर्षीय मोती प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ राम चोकमा ना.६ ख ६४५५ नम्बरको ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने २९ वर्षीय संयम बजगाईँ रहेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपी चोकमा प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय अली अन्सारी र ५ वर्षीय कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्र्याक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१६ बयर डाँडा बस्ने २२ वर्षीय निशान्त चौधरी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *