खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु – Nepal Press

खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा विधु तको नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

उदयपुरबाट खोटाङको दिलैची मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको छतमा चढेर यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउँपालिका–४ का २६ वर्षीय प्रताप खड्काले विधु तको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *