तीनजना सवार मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु – Nepal Press

तीनजना सवार मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु

दाङ । दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रोकी राखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

धर्नाबाट सर्रातर्फ आउदै गरेको तीनजना सवार रा ५ प ५१८५ नम्बरको मोटरसाइकल राेकी राखाेकाे रा १ त ४६७८ नम्बरको ट्रयाक्टरको पछाडी गएराती साढे ११ बजे ठोकिएको थियो ।

माेटरसाइकल ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै घोराही उपमहानगरपालिका–१६ बयरडाँडाका २२ बर्षीय निसान्त चौधरी रहेका छन्

गम्भीर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार १६ बर्षीय सिताराम चौधरीको सोही अस्पतालमा र २१ बर्षीय सागर चौधरीको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर