साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल, तालमेलको मोडालिटी भोलि तय गर्ने – Nepal Press

साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल, तालमेलको मोडालिटी भोलि तय गर्ने

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर गठबन्धन गर्ने र चुनावी तालमेलको मोडालिटीको बारेमा भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पाँच दलका शीर्ष नेताद्वारा हस्ताक्षरित अपिलमा आपसमा मिलेर निर्वाचन लड्ने संकल्पसमेत गरिएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।


प्रतिक्रिया

2 thoughts on “साझा उम्मेदवारलाई जिताउन गठबन्धनको संयुक्त अपिल, तालमेलको मोडालिटी भोलि तय गर्ने

  1. अनि मुख्य देश द्रोहि खल नायक् माकुने चाहि कहा मरेछ् यहा सहि त गरेनछ त!

  2. Well said the allied parties! You deserve better for bringing political instability, and pertaining barriers to development! How dare you could appeal to vote for your allies’ parties?? Nepalese are eagerly waiting to reflect their sentiments in the coming elections!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर