प्रो क्लब च्याम्पियनसिप : एसोसिएसन अफ रुपन्देही–११ विजयी – Nepal Press

प्रो क्लब च्याम्पियनसिप : एसोसिएसन अफ रुपन्देही–११ विजयी

रुपन्देही । प्रो क्लब च्याम्पियनसिपमा घरेलु टोली क्रिकेट एसोसिएसन अफ रुपन्देही–११ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै जित हात पारेको छ ।

यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी, बंगलादेशलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिस १८.५ ओभरमा ८८ रनमा अल आउट भयो । पुलिसका ओपनर शंकर रानाले २८, रोशन बुढालले २५, गुलशन झा ११, मञ्जित श्रेष्ठ ७, अलराउन्डर पवन सरार्फ र दीलिप नाथ २–२, पेम तामाङ १ र अर्जुन साउद शून्य रनमा आउट भए । करण केसी लगातार गोल्डेन डक आउट भए । रुपन्देहीका बशिर अहमदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । स्पिनर अनिल खरेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । विशाल विक्रम केसीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो ।

रुपन्देहीका विशाल विक्रम केसीले २५ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाए । विक्रम भुषाल १९ रनमा अविजित रहे । बशिर अहमद १७, तुलबहादुर थापाले र ओपनर देव खनालले १३–१३, सन्दीप रजाली १०, प्रज्वल थापा ७, सौरभ खनाल २ बनाए भने कृष्ण कार्की शून्य रनमा आउट भए ।

पुलिसका पवनले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । करण केसी, गुलशन झा, सागर ढकाल र मञ्जित श्रेष्ठले समान १–१ विकेट लिए । आजको जितसँगै रुपन्देही सेमिफाइनल नजिक पुगेको छ ।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी, बंगलादेशलाई लाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । ९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीको जितमा रोहित पौडेल ४१ रनमा अविजित रहे । भीम सार्की २२ बलमा १४ रनमा अविजित रहे । ओपनर हरि चौहानले २४ र सन्तोष कार्कीले ५ रन बनाए । एकेडेमीका सन्दीप कुमार र मोहम्मद उमरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । उसका लागि उत्तम मगरले ३१ बलमा १ चौकासहित १६ रन बनाए । उमर १३, आशिष रत्नम १० र मोहम्मद मोसहरार्फ १५ रन बनाए । अबिदुर कैफले १० बलमा २ चौका र २ छक्

कासहित सर्वाधिक २३ रन बनाए । आर्मीका बायाँ हाते स्पिनर कुशल मल्लले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कुशल नै प्लेयर अफ द म्याच चुनिए । सुशान भारीले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले २ र साहब आलमले १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर