‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न – Nepal Press

‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न

काठमाडौं । युवाहरूलाई स्वदेशमै सम्भावनाको खोजी गर्न, समस्याहरू पहिचान र समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानका लागि प्रोत्साहन गर्ने उद्देश्यले इसेवाको मुख्य प्रायोजनमा आयोजना गरिएको कार्यक्रम ‘काठमाडौ युथ कनक्लेभ २०२१’ सम्पन्न भएको छ।

शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पाँच हजार बढी युवा विद्यार्थीको प्रतक्ष्य सहभागिता रहेको थियो। राष्ट्रमा उपलब्ध सीमित स्रोत साधनको उचित प्रयोग गरी स्वदेशमै युवाहरुले मेहेनेत गर्दा हुने फाइदा, युवाहरुको राष्ट्र निर्माणमा भूमिका, उद्यमशीलता प्रवर्धन तथा व्यावहारिक शिक्षण सिकाईका विषयमा विभिन्न क्षेत्रमा ज्ञान हासिल गरेका व्यक्तिहरुले युवाहरुलाई प्रेरित गर्न आफ्नो अनुभव सुनाएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमानै पर्याप्त सम्भावना भएकाले युवाहरुले आफ्नो रुचि भएको क्षेत्रमा लगनशील भएर मेहेनेत गरेमा विदेशमा भन्दा यहिनै पर्याप्त सफलता प्राप्त गर्ने बताएका थिए। कार्यक्रममा उद्यमशिलतामा राम्रो सोच भएका युवाहरुलाई आमन्त्रण गर्दै बैंकले आर्थिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए।

नबिल बैंकका सिइओ अनिल केशरी शाहले युवाहरु भोली भन्दा आज केन्द्रित कसरी हुने र भोली राष्ट्र निर्माण गर्छु भनेर भोली कुर्नु भन्दापनि आज के गर्न सक्छु भन्ने प्रश्नको जवाफ आजैबाट खोज्न युवालाई सुझाव दिएका थिए। उद्यमशिलतामा युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूलाई रुचि भएको क्षेत्रबाट उद्यमशिलतामार्फत परिवर्तन सुरु गर्न सुझाव दिएका थिए।

शाहले शिक्षण सिकाइलाई विद्यालय र विद्यार्थीहरूमा सधैं कोर्स बुकका किताब पढे अध्यन पूरा हुने परिपाटी रहेको हुँदा विद्यार्थी विद्यालय बाहिरबाट सिक्न नचाहने हुँदा व्यावहारिक ज्ञानमा कमी देखिएको बताएका थिए।

उद्यमी एबम् सफल लेखक कर्ण शाक्यले विदेशिएका साथीहरुले सामाजिक सञ्जालमा राख्ने फोटोबाट मात्रै युवाहरु प्रभावित हुने गरेकाले अब उनीहरूले त्यहाँ गर्ने मेहेनेत बाट प्रभावित हुन युवाहरुलाई सुझाव दिएका थिए। विदेश बसाईको अनुभव सुनाउँदै, बिदेशिए सँगै आफ्नो सबैजरा हराउँदै जान्छ, बिना जरा घाँस बनिने र रुख बन्नलाई राम्रो र बलियो जरा आवश्यक रहने हुँदा बलियो जरा आमाको काख र साथीको साथमा मात्र मिल्ने हुँदा स्वदेश मा नै केही गर्नुपर्ने प्रेरणा दिएका थिए।

कार्यक्रममा बोल्दै गोल्डस्टार सुजकी निर्देशक विदुषी राणाले युवाहरुले सधैं सपना देख्नुपर्ने, सपना देख्नुभन्दा पनि सपना साकार गर्नलाई सधैं तत्पर रहेर मेहेनेत गर्नुपर्ने र सपना साकार पार्न खोज्दा धेरै चुनौती आउने हुँदा अटल रहेर चुनौतीको सामना गर्न युवाहरुलाई सुझाव दिएकी थिइन्।

पूर्व मिस नेपाल एबम् उद्यमी अनुष्का श्रेष्ठले युवाहरुलाई कुनै विषयमा वा केही गर्न डर लागेमा डरले आफूलाई बाध्न दिनुभन्दा पनि आफूले लागेको डरलाई कसरी बाध्न सक्छु, आफूमा भएको कलाले डरलाई बाध्न सुझाव दिएकी थिइन्।अहिले नेपालको प्रमुख समस्या दक्ष जनशक्तिको अभाव र युवा पलायन रहेको उनले बताएकी थिएन।

काठमाडौं महानगरपालिकाका मेयरमा उम्मेद्वार एबम् युवा र्यापर बालेन शाहले विद्यालय शिक्षा प्रणाली प्रति प्रश्न गर्ने समय आएको र युवाहरु सधैं नेपालमा अवसर भएन भन्दै गुनासो गर्नुभन्दा पनि पर्याप्त सम्भावना र अवसर यही रहेको हुदा सम्भावना खोजि गरेर काममा लाग्नुपर्ने बताएका थिए। कार्यक्रमममा र्यपर बलेन् शाहको र्याप, कमेडी च्याम्पियन विजेता भरतमणि पौडेल प्रहसन, नीलम ढुंगानाको नृत्य,सविन कार्की र सुशान्त के। सी। को सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम समारोहमा प्रत्येक बर्ष विभिन्न क्षेत्रबाट युवा विकासमा भूमिका खेलेका युवालाई दिँदै आएको सम्मान काठमाडौं युथ कनक्लेभ आइकन २०२१ को उपाधि सुशान्त केसीलाई प्रदान गरिएको थियो।

युवाहरुलाई एउटै मञ्चमा समेटेर भविष्यको लक्ष्य निर्धारण गर्न अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र कार्यक्रमममा राजधानिका ८ विद्यालयका विद्यार्थीहरुले आयोजना गरेको हुँदा विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट व्यवहारिक ज्ञान समेत प्राप्त भएको छ।

कार्यक्रम युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर